पूर्वखोला गाउँपालिकाको देविनगरका कृषकहरु यतिखेर व्यवसयिक तरकारी खेति गरेर आफ्नो जीवन स्तरमा परिवर्तन ल्याउने तयारीमा जुटेका छन् । निर्वाहमुखी तरकारी खेति गरेका कृषकहरुलाई कृषि ज्ञान केन्द्र पाल्पाको तरकारी व्लक विकास कार्यक्रमबाट आर्थिक तथा प्राविधिकि सहयोगका कारण कृषकहरु व्यावसायिक रुपमा मौसमी तरकारी खेतिबाट आफ्नो जीवन स्तरमा परिवर्तन ल्याउन लागि परेका हुन् ।
घरायसी प्रयोजनका लागि मात्र तरकारी खेती गर्ने प्रचलन रहेको यस गाँउमा कुषकहरुलाई संख्यागत र सगंठित गर्दै स्थानिय श्री देविनगर महिला कृषि शहकारी मार्फत तरकारी व्लक विकास कार्यक्रमको सुरुवात भएको हो । तरकारी व्लक कार्यक्रम मार्फत गाउँका एक सय साठी घर परिवारका कृषकहरु प्रत्यक्ष रुपमा व्लक कार्यक्रममा जोडिएका छन् ।
व्यवसायिक रुपमा मौसमी तरकारी खेतीका लागि व्लक कार्यक्रमका लागि कृषि ज्ञानक्रेन्द्र मार्फत सञ्चालित परियोजनाले कृषकहरुलाई स्थलगत रुपमा तरकारीको व्याड राख्ने प्रविधि देखि व्यावसायि रुपमा तरकारी खेती गरेका स्थानहरुको स्थलगत रुपमा अध्यन अवलोकन गराएका कारण कृषकहरुमा थप हौसला उर्जा समेत बढेको हो ।
प्रयोगात्मक अभ्यासका लागि स्थानिय सरकारको कृषि प्रविधिको सहयोग र समन्वयका कारण यतिखेर कृषकहरुले मौसमी तरकारी लगाउन र लटरम्म फलाउन सफल भएका हुन् । कृषकहरुले खुशार्नी, काउली, बन्दा, सेमी, काक्रो, टमाटर लगाएतका तरकारी आफ्नो वारीमा लगाएर उत्पादन लिन समेत सुरुवात गरिसकेका छन् । तरकारी खेती परम्परागत खेती प्रणाली भए पनि उन्नत जातको बिउ, रासायनिक मलको उचित प्रयोग परम्परागत कृषि औजारको विकल्पमा आधुनिक कृषि यन्त्र, वालिमा लाग्ने रोग तथा किराको नियन्त्रण तथा व्यवसथापनका विषयमा कृषि ज्ञान केन्द्रले सहजीकरण गरेको छ ।
ज्ञान केन्द्रको आर्थिक वर्ष २०७८ ०७९ को कार्यक्रम अन्तरगत तरकारी व्लक कार्यक्रममा स्थानिय देविनगर महिला कृषि शहकारी संस्थामा आवद्ध १ सय ६० जना सदस्यहरुले व्यवसायिक रुपमा तरकारी खेति गरेको संस्थाकी अध्यक्ष चुनीसरा थापा बताउनु हुन्छ ।
विगतमा स्थानिय सरकारबाट विनियोजीत रकमले प्रभावकारी रुपमा व्यवसायिक प्रणाली अगाडि बढ्न नसकेको समयमा कृषि ज्ञान केन्द्र २ वर्षे तरकारी व्लक विकास कार्यक्रम प्रत्यक्ष रुपमा कृषकहरु लाभात्वीत भएका छन् । खेती गर्ने प्रविधि संगै खेतिमा विविधी करण प्रणाली अपनाए आय आर्जनको वलियो माध्यम बन्ने सभांवना बोकेको अनुभव संगालेको स्थानीय अगुवा कृषक लोक बहादुर राना बताउनु हुन्छ । स्थानिय अगुवा कृषक व्यवसायिक रुपमा तरकारी खेतीका लागि आवश्यक विउ, मल, कृषि सामाग्री खेति यात्रीकरण सम्म कृषि ज्ञान केन्द्र र देवीनगर महिला कृषि शहकारीको समन्वय मार्फत ५० देखि ८५ प्रतिशत सम्म अनदानमा पाएको अनुभव रहेको छ । यान्त्रीकरणको प्रयोगका कारण उत्पादनमा बृद्धि संगै लागत कम हुने र उत्पादन भएका तरकारीको व्यवस्थापन तथा बजारीकरण सहकारीले गर्दिन सकेको खण्डमा कृषकहरुमा हौसला वढ्ने कृषकहरुको भनाई रहेको छ ।
व्यावसायिक रुपमा खेती गरेका कारण उत्पादनमा समेत बृद्धि हुने भएकोले कृषकहरुकको उत्पादन संगै बजारीकरणमा जोड दिनु पर्ने स्थानिय प्रतिनिधी तथा वडा अध्यक्ष मेहर सिं थापाको कृषकहरुका लागि सुझाव रहको छ ।
तरकारी खेतवाट पुरुषका तुलनामा महिला नै अगाडि बढेर कृषि पशुपालनको माध्यमबाट आर्थिक रुपमा सवल र सक्ष्म बन्ने यो अवसर पनि भएकोले यसलाई उपयोग गर्नु पर्ने स्थानिय सरकारका प्रमुख नुन वहादुर थापाको भनाई रहेको छ ।
१ सय ६० घर परिवारले करिव ७ सय रोपनी क्षेत्रफल व्यवसायिक तरकारी खेतीका लागि देविनगर छनोट भएको र तरकारी खेतीका कृषि सामाग्री मात्र नभइ उत्पादि वस्तुको बजारीकरणका लागि समेत ज्ञानकेन्द्रले सहयोग गर्ने उद्देश्यले कार्यक्रम लागू भएको कृषि ज्ञानकेन्द्र प्रमुख कामना अधिकारी बताउनु हुन्छ ।
नेपाल सरकारले कृषकको जीवनस्तरमा परिवर्तन ल्याउन, आर्थिक रुपमा बलियो बनाउन कृषि ज्ञान केन्द्र मार्फत सञ्चालित तरकारी व्लक कार्यक्रमलाई सार्थकता तुल्याउन सबै कृषकहरुको साझा दायित्व बनेकाले त्यस तर्फ ध्यान दिनु आवश्यकता रहेको छ ।










