पाल्पा- रैनादेवी छहरा गाउँपालिका ८ मा बस्ने मन बहादुर पेग्नी को मृत्यु भएको छ ।
उनले आफ्नै घर देखि अन्दाजि १० मिटर उत्तर तर्फ बेडुलाको रुखमा प्लाष्टिकको नाम्लोको डोरीको पासो लगाइ झुण्डिएका हुन् । उनका बुबा डोल बहादुर पग्नीले देख्दा उनको मृत्यु भइसकेको थियो ।
जानकारी प्राप्त साथ बल्डेङगढी र जिल्ला प्रहरीको प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको छ ।
उक्त घटनाको थप अनुसन्धान भइरहेको छ ।











