जिल्ला प्रहरी कार्यालय पाल्पाले हराएको मोटर साइकल फेला पारी सम्बन्धीत धनीलाई वुझाएको छ ।
मिती २०७९ असार २४ गते कास्की जिल्लावाट हराएको मोटर साइकल असार २६ गते पाल्पा जिल्लाको बग्नासकाली गाउपालिकाको धुर्सेनी स्थित सिद्धार्थ राजमार्गको सडक छेउमा ग२३प१५४७ नं.को मोटर साइकल फेला पारेको थियो ।
मोटर साइकल फेलापारी थप अनुसन्धान गर्ने क्रममा उक्त मोटर साईकल २०७९ असार २४ गते राती कास्कीवाट हराएको र पोखरा म.न.पा.१७ बस्ने २३ वर्षीय मनिल बुढा मगरको सो मोटर साइकल रहेको जानकारी हुन आएको हो ।
उक्त मोटर साइकल थप अनुसन्धान पश्चात संम्बन्धीत धनीलाई बुझाइएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ ।











