असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भन्ने गरिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ ।
आजदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिएको छ । यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले कुनै पनि शुभकार्य गरिँदैन । आजको दिन सबै घरहरुमा तुलसी रोप्ने गरिन्छ र वर्त पनि बस्ने गरिन्छ । आजको दिनलाई तुलसी रोपण एकादशी पनि भनिन्छ ।
घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने गरिन्छ । जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइदै आइएको छ । एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ।
तुलसी आयुर्वेद बनस्पति पनि हो । हिन्दू अनुयायीहरूले चार्तुमास भित्र पर्ने चार महिना एकादशीको दिन व्रत बस्ने गर्दछन् ।











