काठमाडौँ– भारतको पूर्वी सिक्किमको एक इन्जिनिरिङ कलेजका करिब एक सय जना विद्यार्थीहरु नाइरोबी फ्लाई नामक किराको कारणउनीहरुको छालामा संक्रमण देखिएको छ।
संक्रमित विद्यार्थीहरुको उपचार भइरहको छ र एक विद्यार्थीको हातमा भने शल्यक्रिया गरिएको थियो । उपचारका कारण उनीहरु निको भएका छन् ।
भारतमा यसको संक्रमण बढेका कारण सीमा जोडिएका नेपालका जिल्लाहरुमा यसको जोखिम उच्च रहने सक्ने विज्ञहरुले बताए।
यसबाट बच्नको लागि
किरा बत्तीको प्रकाशमा आकर्षित हुने भएकाल साँझ परेपछि घर बाहिरको बत्तीहरु नबाल्ने घरको छेउछाउमा ‘स्ट्रिट लाइट’ भए बन्द गर्ने । घरभित्रको बत्तीहरु सकेसम्म ‘डिम’ मा बाल्ने। एकदमै उज्यालो पारेर बस्नु हुँदैन।
लुगा लगाउनु अगाडि टक्टक्याएर लगाउनु पर्छ । सुत्ने बेला पनि बिस्तरा, सिरक राम्रोसँग झारेर वा नयाँ परिर्वतन गरेर सुत्नु पर्छ ।
किरा बसेको ठाउँलाई साबुन पानीले राम्रोसँग धुनुपर्छ । किरा बसेको ठाउँमा विषाक्त तरल पदार्थ एसिड छोडेको हुन सक्छ । त्यसैले हात तथा उक्त ठाउँलाई राम्रोसँग धोएर मात्र शरीरको कुनै पनि अन्य भाग छुनु हुदैन। विशेष गरी आँखा छुनु हुँदैन।











