पाल्पा– रामपुरमा विषादी सेवन गरेर एक जनाको निधन भएको छ । रामपुर नगरपालिका १ आरुखर्कमा बस्ने ७५ वर्षीय शेरबहादुर दर्जीले मादक पदार्थ सेवन गरी आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गर्नुभएको थियो ।
शेरबहादुरको उपचारको लागि रामपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि मंगलवार लुम्बिनी मेडिकल कलेज प्रभास ल्याए पनि घरको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालबाट आफन्तहरुले घरमै फिर्ता लगेको प्रहरीले जनकारी दिनुभयो ।
घरमा लगेका दर्जीको मृत्यु भएपछि शवको पोष्टमार्टमका लागि रामपुर अस्पताल पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता विरेन्द्र थापाले बताउनुनुभयो ।













