पाल्पा- पाल्पामा शनिबार देखि शुरु भएको प्रतियोगिता सोमवार सम्पन्न भएको छ । १९ स्वर्ण, १० रजत र २२ काँस्य गरि कुल ५१ पदक जित्दै तानसेन नगरपालिकाले यस वर्षको रनिङ शिल्डको उपाधि हात पारेको छ ।
७ स्वर्ण, ५ रजत र ६ काँस्य गरि कुल १८ पदक जित्दै रम्भा गाउँपालिका दोस्रो भएको छ । ५ स्वर्ण, १० रजत र ४ कास्य गरि कुल १९ पदक जित्दै तिनाउ गाउँपालिका तेस्रो, ५ स्वर्ण, ७ रजत र ७ काँस्य गरि कुल १९ पदक जित्दै माथागढी चौथो , ४ स्वर्ण ३ रजत र ३ काँस्य गरि कुल १० पदक जित्दै रामपुर पाचौँ, २ स्वर्ण १ रजत र ४ काँस्य गरि कुल ७ पदक जित्दै बगनासकाली छैटौ २ रजत र २ काँस्य गरि कुल ४ पदक जित्दै रैनादेबी गाउँपालिका सातौ समान रजत र २ काँस्य गरि कुल ४ पदक जित्दै पुर्वखोला आठौ भएको छ ।
६ पालिकाले स्वर्ण पदक सहित अन्यपदक हात पारेको छन् भने ४ पालिकाले स्वर्ण पदक प्राप्त गर्न सकेनन् । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ ३ दिन सम्म चलेको प्रतियोगितामा बिभिन्न कवड्डी महिला पुरुष ,कराते ,तेक्वान्डो, उसु, एथलेटिक्स, महिला पुरुष दौड प्रतियोगीता अन्र्तगत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि,३००० मिटर, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० ह ४ रिले र ४०० ह ४ रिले लगाएतका खेलमा ९ पालिकाका ४ सय ५० खेलाडीहरुले बिभिन्न ५ खेल बिधामा प्रतिस्पर्धा गरेका थिए ।
भलिबल पुरुष तर्फ तिनाउ प्रथम र रामपुर दोस्रो भएको छ । महिलातर्फ रम्भा गाउँपालिका प्रथम र रैनादेबी गाउँपालिका दोस्रो भएको छ । कपर्दी पुरुषतर्फ तानसेन नगरपालिका प्रथम र रम्भा गाउँपालिका दोस्र भएको छ । महिलातर्फ रम्भा गाउँपालिका प्रथम र तिनाउ दोस्रो भएको छ । एथ्लेटिक्समा तानसेन प्रथम र तिनाउ दोस्रो भएको छ । जिल्ला खेलकुद बिकास समिती पाल्पाको आयोजना र सामाजिक बिकास डिभिजन पाल्पाको संयोजनमा प्रतियोगिता संचालन गरिएको हो ।
जिल्ला प्रतियोगिताबाट छनौट भएका ७८ जना खेलाडी यहि असार २४ गतेदेखी दाङ तुल्सिपुरमा आयोजना हुदै छु । प्रतियोगितामा प्रदेश राष्ट्रपति रनिङ शिल्ड सहभागिता जनाउन जाने खेलकुद बिकास समितिका कार्यालय प्रमुख तारा बहादुर थापाले बताउनुभयो । बिजयी खेलाडीहरुलाई तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पुरस्कार बितरण गदै खेलकुदले जीवनका हरेक गतिबिधिलाई सवल र शसक्त बनाउदै लैजाने बताउनुभयो ।
विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले खेलकुद क्षेत्रमा राज्यको प्रत्यक्ष भूमिका रहेको कुरामा जोड दिदै प्रत्येक खेल बिधाले राष्ट्रिय रुपमा पहिचान निमार्णमा सहयोग गर्ने बिश्वास व्यक्त गदै खेलकुदको बिकासमा सबै क्षेत्रको भुमिका अहम रहनु पर्ने बताउनु भयो । पुरस्कार बितरण समारोहमा तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा, जिल्ला समन्वय अधिकारी जनार्धन अधिकारी , शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदी , सामाजिक बिकास डिभिजन पाल्पाका हरिलाल अर्याल, तानसेन ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल ,दमकडा नमुना माबीका प्रधानाध्यापक मोहन सापकोटा , प्रदेश खेलकुद परिषद सदस्य अच्युत पाण्डे , लगायतले पुरस्कार, प्रमाणपत्र ,पदक तथा ट्रफी प्रदान गर्नुभएको थियो ।












