नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । यस अगाडि मूल्यवृद्धि चर्को विरोध भएकामा मूल्य घटाए पनि आयल निगमले पुनः मूल्यवृद्धि गरेको छ ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल, मट्टीतेलमा प्रतिलिटर ९ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको हो ।
अबको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ, डिजेल, मट्टीतेलमा प्रतिलिटर १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) १९० रुपैयाँ पुगेको छ ।













