पाल्पा- तिनाउ खोलामा पौडि खेल्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।
भारत देश यु.पि दोहोरिया गोरखपुरबाट पाल्पा सिद्दबाबा मन्दिर दर्शन गर्न ६० जनाको टोलि आएका थिए । दर्शन गरे पछि तिनाउ गाउँपालिका २ स्थित तिनाउ खोलामा पौडि खेल्ने क्रममा यु.पि दोहोरिया गोरखपुर बस्ने १८ वर्षे नन्द कुमार निसाद र ऐ.ऐ मा बस्ने १८ वर्षे सनि कुमारलाई खोलाले बगाएको जिल्ला प्रहरीले जानकारी दिएको छ । प्रहरीको समन्वयनमा खोजतलास गर्ने क्रममा रुपन्देही बुटवल उपमाहा नगरपालिका १९ लाफाचौर स्थित तिनाउ खोलामा नन्द कुमार निसाद को शव फेला परेको छ भनि अझै पनि सनि कुमारको अत्तोपत्तो छैन् ।
नन्द कुमार निसादको शव पोषमार्टमको लागि प्रादेशिक अस्पताल बुटवलका राखिएको छ र सनि कुमारको खोजतलास कार्य जारी छ ।












