जानकी मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको महन्त रामतपेश्वर दास वैष्णवले खुलासा गरेका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले भ्रष्टाचार गरेको उनले आरोप लगाए ।
तत्कालीन राजा महेन्द्र शाहको आदेशमा २०२० सालमा जानकी मन्दिरको गरगहना हराउने डरले जानकी मन्दिरका तत्कालीन महन्त रामशरण दास वैष्णवसँग हिसाब गरी मन्दिरमा भएको हिरा, मोती, बहुमूल्य पत्थर, सुन र चाँदी काठमाडौं लगिएको थियो तर वर्तमान महन्त रामतपेश्वर दासले मन्दिरको गरगहना जनकपुर धामवासीलाई दर्शन गराउन भन्दै माग गरेपछि गुठी संस्थानले जानकी मन्दिरका गरगहनाको अत्तोपत्तो नभएको बताए ।
महन्त रामतपेश्वरले अर्बौं मूल्य बराबरको जानकी महारानीको गरगहनाको खोजबिन गर्दा गुठी संस्थानले अरू मन्दिरको गरगहना सुरक्षित भएको र जानकी मन्दिरको गरगहना नभेटिएको बताए ।
२०२० साउन १२ मा मन्दिरलाई कागज नै बनाएर तत्कालीन महन्त रामशरण दासबाट लगिएको गरगहनामा सुनका ५६ किसिमका २ किलो २४० ग्राम गरगहना र गहनाहरूमा हिरा, मोती र बहुमूल्य पत्थर जडिएको उनले बताए । यसका साथै २ किलो ८५० ग्राम चाँदीका ७७ किसिमका गरगहना र चाँदीका गरगहनामा पनि हिरा, मोती र बहुमूल्य पत्थर जडिएको ब













