असर १९ वुटवल
शनिवार हेल्पर केयरिङ सर्कल क्लबद्धारा आयोजित लागु पदार्थ सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बुटवल उपमहानगरपालिका वार्ड न ११ धर्मपथमा सञ्चालन भएको थियो।
कार्यक्रम बुटवल उपमहानगरपालिका वार्ड न ११ का सदस्य जनप्रतिनिधि श्री नकुल शाही ज्यूको प्रमुख आतिथ्यता र हेल्पर केयरिङ सर्कल क्लबका अध्यक्ष्य बिश्वाश घिमिरेको अध्यक्षतामा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा रहनु भएको सामाजिक व्यक्तित्व, कलाकार तथा निर्देशक शंकर घिमिरे ज्यूले लागूऔषधको बारेमा विभिन्न नकारात्मक पक्ष तथा त्यसले हाम्रो समाजमा फैलाएको विकृतिको वारेको जानकारी गराउनु भएको थियो । मानिसहरूले गाँजा , ड्रग्स , रक्सी चुरोट खान हुन्न भन्ने थाहा हुदा हुदै पनि कसरी सेवन गर्छन त भनने कुराको समेत सहजीकरण गर्नु भएको थियो। कार्यक्रमा मनोरञ्जन तर्फ गायक भुवन खड्काज्यू ले विभिन्न गीतहरु गाउनु भई सहभागीहरुलाई मनोरञ्जन समेत प्रदान गर्नु भएको हो । कार्यक्रममा विशिष्ट अतिथि मा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका अध्यक्ष श्रीधर बस्यालज्यू र लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका संस्थापक अध्यक्ष भेषराज पोखरेल ,हेल्पर केयरिङ सर्कलका सल्लाहाकार नविन नेपालज्युको आथित्यता रहेको थियो । साथै यसै क्लबका गहना तथा सदस्यहरूको आकर्षक उपस्थिति रहेको थियो। मायाको चिनो र प्रमाण–पत्र यसै हेल्पर केयरिङ सर्कल क्लबका अध्यक्ष बिश्वाश घिमिरे र सल्लाकार नवीन नेपालले वितरण गर्नुभएको थियो । कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबकी उपाध्यक्ष इशा अर्यालको स्वागत मन्तव्य दिनु भएको हो । कार्यक्रममा क्लबका सदस्यहरू पवन शर्मा र अर्जुन बन्जाडे लगाएत अतिथी वर्षा घिमिरेको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन महेश ज्ञवालीले गर्नुभएको थियो ।












