पाल्पा- बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल राष्ट्रप्रेमीले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन ।
बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बताए । उनले आफ्नो घरमा श्री सिद्दबाबा मन्दिर बराङ्दी घिउसिबास ,श्री महामृत्युञ्जय शिवासन धाम , बराङ्दी आयुर्बेद औषधालय , श्री बेद माध्यमिक बिद्यालय र बराङ्दीको वडा कार्यलय र बेलौतिखरक टोल भरि लाली गुराँस लगाएर अभियानको सुरुवात गरेका छन ।
लालीगुराँसको यो अभियानको कुरा सुन्दा स्थानीय उत्साहित भएका छन । यो अभियानलाई वडाले निरन्तरता दिनुपर्नेमा जोड दिएको छ ।
घ्युसिबास मिश्रित कृषक समुहका अध्यक्ष शंकर भटराईले यो अभियानले आफु एकदमै उत्साहित भएको र यस अभियानले दोहोरो फाईदा हुने बताएका छन । एकातिर लालिगुरासको संरक्षण हुने, सौन्दर्यता सौन्दर्य, औषधीमा औषधी र भटराईले ब्यबसायिक मौरी पालन गर्ने भएको हुदा लालीगुरासको महत्व अत्याधिक भएको बताउछन ।
बस्यालले एक बर्ष अगाडि बगनासकाली गाँउपालिकामा लागुपदार्थ तथा जुवातास न्यूनीकरणको लागि सचेतना अभियान चलाएका थिए ।











