रुपन्देही- बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा बुधबार साँझ छ जना बिरामी भएका हुन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
२८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विकले जङ्गलबाट च्याउ ल्याएर खाएर बिरामी भएको हो । उनीहरुको अवस्था गम्भीर रहेको अस्पताललाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । उनीहरु अस्पतालमा ल्याउँदा अचेत अवस्थामा थिए भने अहिले ५० वर्षीय हुमबहादुर बिकको अवस्था सामान्य छ ।












