पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डमा गएरातिदेखि परेको अबिरल बर्षाका कारण सडक अबरूद्ध बनेको छ । सिद्धवाबा क्षेत्रमा बिहानैदेखि सडकमा लेदो सहित ढुङ्गा खसेको कारण सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
निरन्तर बर्षा कारण तत्काललाई सडक खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
दोभान प्रहरी चेक पोष्ट देखि चिडियाखोला सम्म ढुङ्गा र पहिरो खसेको छ । सडक अबरूद्ध हुँदा पाल्पादेखि बुटवल र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका वीरेन्द्र थापाले बताउनुभयो ।












