पाल्पा २, असार
सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डमा टिपर चलाउन रोक लगाइएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै असार देखि भदौ मसान्तसम्म ३ महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।













