सुमन कार्की
पाल्पा , १९ जेठ
पुर्वखोला गा पा ४ देवीनगरमा तरकारी ब्लक विकास क्रार्यक्रम अन्र्तगत विउविजन तथा कृषि सामाग्री वितरण कार्यक्रम सम्पन भएकोछ ।
श्री देवीनगर महिला कृषि सहकारी सस्था लिमिटेडको आयोजना तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्रको सहयोगमा विउविजन तथा कृषि सामाग्री वितरण गरिएको हो ।
कृषकहरुलाई उनीहरुको मागको आधारमा १० थान हाते ट्रयाक्टर, (मिनी ट्रिलर), १००थान क्यारेट, ३० थान प्लास्टिक टनेल, २० थान मन्चिङ प्लास्टिक रोल , १० हजार मिटर सिचाइ पाइप ,१०० मिटर गाडेन पाइप, २०थान प्लास्टिक पोखरी, १०० थान स्प्रीङ्कल, १००थान हजारी,१०४थान दाते साथै तरकारीका विउ विजन कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा वितरण गरिएको पुर्वखोला गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कंडेलले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अथिति वडा अध्यक्ष मेहेर सिं थापाले पुर्वखोला गा पा ४ देवीनगरका वासिन्दाहरु अधिकाम्स कृषिपेशामा लागेका कारण तरकारी ब्लक विकास क्रार्यक्रम यस क्षेत्रमा लागु गरिएको र सोही कार्यक्रम अन्र्तगत कृषिका लागि अति महत्तत्वपूर्र्ण कृषि सामाग्री वितरण गरिएको बताउनु भयो ।
संघीयता लागुभए देखीनै वडाले विभिन्न कार्यक्रमहरु लागु गर्दे कृषकहरुलाई सहयोग गर्दे आएको पनि अध्यक्ष थापाले वताउनु भयो ।
ज्ञान केन्द्र मार्फत संचालन भएको ब्लक कार्यक्रम गत वर्षको कार्यक्रमलाई निरन्र्तता दिदै यसपटक तरकारी ब्लक कार्यक्रम जल्पा र देवीनगर का २ वटा कृषि सहकारी मार्फत कृषकमाझ कार्यक्रम ल्याएको प्रमुख अतिथी कृषी ज्ञान केन्द्र पाल्पा प्रमुख कामना अधिकारीले वताउनु भयो । परम्परागत कृषि प्रणालीलाई आधुनिकरण तथा व्यावसायिकीकरण तर्फ लानका लागि अत्याधुनिक प्रविधियुक्त कृषि सामाग्री लगाएत विभिन्न जातका बीउ विजन अनुदानमा कृषकलाई वितरण गरीएको अधिकारीले वताउनु भयो । तरकारी ब्लक संचालन गरेका कृषकहरुको प्रत्यक्ष अनुगमन समेत ज्ञान केन्द्रले गर्ने हुदा कृषकरुले अनुदानमा पाएको सामाग्रीहरुको सहि सदुपयोग गरी राम्रो उत्पादन लिन अधिकारीले आग्रह गर्नु भयो ।
श्री देवीनगर महिला कृषि सहकारी सस्थाकि अध्यक्ष चुनीसरा थापाले कार्यक्रमको समापन गर्दे कृषकहरुका लागी आगामी दिनमा यस्ता कार्यक्रमहरु अझै आउने वताउदै पूर्वखोला ४, देवीनगरलाई कृषीकै माध्यमवाट एउटा नमुना गाउको रुपमा पहिचान वनाउने उदेश्यका साथ शहकारीले पनि कृषकहरुको हातमा हात र साथमा साथ दिदै जाने वताउनु भयो ।













