पाल्पा , १९ जेठ
पाल्पामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
तानसेन नगरपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले जानकारी दिए।
मंगलबार राति करिव ८ बजे तिनाउ गाउँपालिका–३ सिद्दबाबास्थित पावर हाउस नजिकै रहेको प्रतिक्षालयमा गुल्मी जिल्लाकी १९ वर्षीय किशोरीलाई पौडेलले बलात्कार गरेको आरोप छ।
पीडितले दिएको उजुरीको आधारमा उनलाई बुधबार पक्राउ गरिएको हो। जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।













