

सुमन कार्की
पाल्पा २० जेठ
पाल्पाली युवा गायक पुरूषोत्तम गैरेले सुधार केन्द्र बोलको गीत सार्वजनिक गरेका छन् । गीतको भिडियो गैरेको आफ्नै यट्युव च्यानल मार्फत डिजिटल वजारमा सार्वजनिक गरेका छन् ।
गीतमा गैरे स्वयं र लोक दोहोरी गायीका शान्ती श्री परियारको स्वर रहेको छ ।
गीतमा बिमल पौडेलको शब्द रहेको छ भने संगीत आफैले भरेका छन् । गीतको भिडियोमा सारिका केसी र रक क्षेत्रीले अभिनय देख्न सकिन्छ ।
यो गीतले माया प्रेममा परेका जोडीलाई प्रतिनिधित्व गर्ने गायक गैरेले बताए । गीतको भिडियोमा प्रेमी र प्रेमीकाबीच लागेको मायाको लतको अन्त्य भनेकै मिलन हो भन्ने सन्देश दिन खोजिएको छ ।
गीत सार्वजनिक भएको केहीदिन मात्रै भएको हुँदा सोचे अनुसारको भ्युज नपाएको भए पनि टिकटक बनाउने संख्यामा वृद्धि हुनुका साथै सामाजिक सञ्जालमा समेत राम्रो प्रतिक्रिया आएको हुँदा दर्शक स्रोताले गीत मन पराउने गैरेले वताए ।
खासगरी लोक गीत तथा रोइला गीतमा चर्चा बटुलेका गैरेले यो वर्ष लागेपछि मात्रै पञ्चेबाजा र यो गीत बजारमा ल्याएका छन् ।