सुमन कार्की
पाल्पा १६ जेठ
पुर्वखोला गा पा २ जल्पामा तरकारी ब्लक विकास क्रार्यक्रम अन्र्तगत कृषि सामाग्री वितरण कार्यक्रम सम्पन भएकोछ ।
शुभसन्देश महिला कृषि सहकारी सस्था लिमिटेडको आयोजना तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्रको सहयोगमा सामाग्री वितरण गरिएको हो ।
सहकारीमा आवद्ध कृषकहरुलाई १५ वटा हाते ट्रयाक्टर, (मिनी ट्रिलर), ४२ वटा थोपा सिचाइ ,७ वटा विषादि स्प्रे , ६१ जनालाई प्लास्टिक टनेल, ८१ जनालाई मन्चिङ प्लास्टिक रोल , ४ हजार मिटर सिचाइ पाइप ,१५ जनालाई प्लास्टिक पोखरी,तरकारीका विउ विजन ५० प्रतिशत अनुदानमा वितरण गरिएको पुर्वखोला गाउँपालिकाको कृषि शाखा अधिकृत सन्तोष कंडेलले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अथिति वडा अध्यक्ष निर ब सारूले पुर्वखोला गा पा २ जल्पा अधिकाम्स कृषिपेशामा लागेका कारण कृषिका लागि अति महत्त्वपूर्र्ण कृषि सामाग्री वितरण गरिएको बताउनु भयो । कृषकको माग अनुसार यस पटक सवैलाई हातेट्रयक्टर उपलब्ध गराउन नसक्दा किसानलाई निरास नहुन भन्दै अनुदानको कार्यक्रम फेरी लेराउने सारुले जानकारी दिनु भयो ।
कार्यक्रममा गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष कंडेलले गाउँपालिकाले जल्पाका किसानहरुलाई निर्वाहमुखी कृषिपेशालाई व्यवसायिमुखी वनाउन भन्ने उदेश्यका साथ ब्लक कार्यक्रम ल्याएको वताउनु भयो । परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्नका लागि अत्याधुनिक प्रविधियुक्त कृषि सामाग्री एवम उन्नत जातका बीउ विजन वितरणले कृषकहरू राहत मिल्ने वताउदै कृषकरुले अनुदानमा पाएको सामाग्रीको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो ।
जल्पा २ राक्सेका कृषक बावुराम अचार्य र कमलराज पाण्डेयले ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाउदा खुशी व्यक्त गदै अवदेखि खेती पाती गर्दा घण्टौ सम्म लगाएर गोरुले खेतवारी जोत्ने दिन जाने र आफु चाहेको वेला जतीखेर पनि खेतवारी खनजोत गर्न सकिने वताउनु भयो । हाते ट्र्याक्टरवाट आफ्नो खेतवारी मात्र नभई अन्य कृषकहरुको खेतवारी समेत जोतेर आम्दानी समेत गर्न सकिने वताउनु भयो ।
शुभसन्देश महिला कृषि सहकारी सस्थाकि अध्यक्ष चन्द्रिसरा रखालले कायक्रमको समापन गर्दे सदस्य कृषकहरुका लागी आगामी दिनमा यस्ता कार्यक्रमहरु अझै आउने वताउदै पूर्वखोला २,जल्पालाई कृषीकै माध्यमवाट अन्य वडा भन्दा फरक पहिचान वनाउने उदेश्यका साथ शहकारी पनि कृषकहरुको हातमा हात र साथमा साथ दिदै आएको वताउनु भयो ।















