पाल्पा, १५ जेठ
जिल्लाको रम्भा गाउँपालि १ हुँगीको कालीगण्डकी नदीमा एक जना युवती मृत फेला परेकी छिन् ।
रम्भा गाउँपालिका–१, अमली बस्ने विर बहादुर बि।क को २२ वर्षीय छोरी अस्मिता वि।क कालीगण्डकी नदीमा मृत फेलाा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जेठ ११ गते घरदेखि एक्लै हिडेकी अस्मिता घर देखि तीन किलोमिटर टाढा कालीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् ।
आफन्तले खोजतलास गर्ने क्रममा युवतीको सव १४ गते शनिबार फेला परेको प्रहरीले जनाएको छ । शवको प्रारम्भीक अनुसन्धान पछि पोष्टमाटमको लागी जिल्ला अस्पताल पठाइएको प्रहरिले जनाएको छ । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालयका पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउननुभयो ।
पुर्वखोला गा पा २ जल्पामा तरकारी ब्लक विकास क्रार्यक्रम अन्र्तगत कृषि सामाग्री वितरण कार्यक्रम सम्पन »













