पाल्पा- तानसेन नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । तानसेन वडा न.८ को अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार सोमनाथ अर्याल निर्वाचित हुनु भएको छ।अर्याल ८ सय २३ मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार मोहनलाल कार्कीले ५ सय ९४ मत पाउनु भएको छ ।वडामा एमालेको प्यानल नै विजयी भएको हो ।













