पाल्पा - माथागढी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हुनुभएको छ ।
दुवै जना पूर्व स्वास्थ्यकर्मीहरु अध्यक्षमा यम चिदी मगर र उपाध्यक्षमा बिष्णु माया लुङ्चे निर्बाचित हुनु भएको छ । अध्यक्षमा चिदीले ६ हजार १ सय ९, उहाँका निकटतम प्रतिद्वन्दी सन्तोष थापा ५ हजार ५ सय ५४ मत ल्याउनु भएको छ । उपाध्यक्ष लुंचेले ५ हजार ८ सय ८२ र काँग्रेसका विजय भट्टराई ५ हजार ६ सय ४४ मत ल्याएर दोस्रो हुनुभएको छ । यस अघि काँग्रेसले क्लिन स्विप पारेको गाउँपालिकामा अहिले एमालेका उम्मेद्वारहरु विजयी हुनु भएको छ । माथागढीमा सत्तारुढ दलको देशभर गठबन्धन भएपनी काँग्रेसले क्लिन स्वीप गरेको भन्दै गठबन्दन गर्न मानेको थिएन ।













