पाल्पा - तानसेन नगरपालिका वडा न.६ को नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।आईतबार राती सार्वजनिक मत परिणाम अनुसार महर्जनले १०१० मत प्राप्त गरेर वडाध्यक्षमा विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका भरत प्रसाद न्यौपानेले ७५१ मत मात्र प्राप्त गर्नुभयो।वडामा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका महर्जनसहितउहाँको प्यानल नै विजयी भएको हो । महर्जनले फराकिलो मतान्तरले वडाध्यक्ष जित्नु भएको हो। उहाँयसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षमा विजयी हुनु भएको थियो ।














