२२ साउन काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले चार सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
शुक्रबार प्रकाशित सूचनाअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा परेका व्यक्ति, फर्म वा कम्पनीले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
कालोसूचीमा ईश्वरणी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि (काठमाडौं) लाई १ वर्ष ६ महिना, अपन निर्माण सेवा (ललितपुर) लाई २ वर्ष तथा खड्क निर्माण सेवा (बझाङ), एन.एल. कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि (काठमाडौं) र माण्डौँ निर्माण सेवा (संयुक्त उपक्रम) साथै एम.आर.–आरजे जेभी (सिराहा), आशिष कन्स्ट्रक्सन (चितवन) र आशिष कन्स्ट्रक्सन मल्टिपर्पोज प्रालि (उदयपुर) को संयुक्त उपक्रम लाई ३–३ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
यी कम्पनी तथा संयुक्त उपक्रमलाई क्रमशः विराटनगर महानगरपालिका, सूर्या नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका (बझाङ) र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजविराज को सिफारिसका आधारमा कालोसूचीमा समावेश गरिएको कार्यालयले जनाएको छ।














