पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ सराईस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मिति २०८३ साउन १८ गते साँझ करिब ६ बजे तुल्सीराम मश्राङ्गीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी अधिकृतसहितको टोली खटिएको थियो।
प्रहरीले उक्त घरमा छापा मार्दा नगद रु. ७७ हजार ९६० सहित ५ जना पुरुष र ३ जना महिला गरी ८ जनालाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।
बरामद नगद तथा अन्य दशीसहित पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













