काठमाडौं, साउन १४ । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डा. प्याकुरेललाई खुला प्रतिस्पर्धामार्फत स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो।













