२१ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन प्रतितोला ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ कायम भएको हो।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको थियो। त्यसैगरी, गत बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज ९५ रुपैयाँले वृद्धि भई ४ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको थियो।
« नियतिवाद













