नेकपा एमाले १४ वडा, नेपाली काग्रेस १० र १ नेकपा माओवादी केन्द्र तानसेन जेठ १ पाल्पामा आईतवार १२ बजे सम्म २६ वटा वडामा मतगणना सम्पन्न भएको छ । पाल्पामा अव ५५ वडाको मत परिणाम सार्वजनिक हुन बाकी रहेको छ । मतगणना सम्पन्न भएको २६ वडाहरु मध्ये नेकपा एमालेले १४ वटा वडामा विजय हासिल गरेको छ भने नेपाली काग्रेसले १० वटा वडामा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ भने १ वडाको परिणाम स्थगित भएको छ ।
नेकपा एमालेले पुर्वखोला गाउँपालिकामा ४ वटा वडा, निस्दी गाउँपालिकाकामा २ वटा वडा, रामपुर नगरपालिकामा १ वटा वडा, माथागढी गाउँपालिकामा २ वटा वडा, तिनाउँ गाउँपालिकामा ३ वटा वडा, रिव्दीकोट गाउँपालिकामा १ वटा वडा, रैनादेवी छहरा गाउँपालिकामा १ वटा वडामा विजय हासिल गरेको छ । नेपाली काग्रेसले तानसेन नगरपालिकामा ४ वटा वडा, माथागढी गाउँपालिकामा ३ वटा वडा, रामपुर नगरपालिकामा १ वटा वडा, बगनासकाली गाउँपालिकामा १ वटा वडा र तिनाउ गाउँपािलकामा १ वटा वडामा विजय हासिल गरेको छ । नेकपा माओवादीले रैनादेवी छहरा गाउँपालिकामा १ वडामा विजय हासिल गरेको छ । नेकपा एमालेबाट निस्दी गाउँपालिको वडा नंं १ वाकामलाङमा यम बहादुर राना विजयी भए । उनले नेपाली काग्रेसका पुर्ण बहादुर खाँण लाई २८ मतले पराजित गरे । वडा नंं २ सहलकोटमा एमालेकै फत्ते सिं दर्लामी विजयी भए । उनले नेपाली काग्रेसका यम बहादुर मश्राङ्गीलाई ३१७ मत अन्तरले पराजित गरे । रामपुर नगरपालिका वडा नंं १० मा नेकपा एमालेका तोयनाथ सारु विजयी भए । सारुले नेपाली काग्रेसका थमन बहादुर सारु लाई पराजित गरे । पुर्वखोला गाउँपालिका वडा नंं १ मा नेकपा एमाले बाट गिरमान आले विजयी भए । आलेले नेपाली कागं्रसका चुन बहादुर थापा लाई १००२ मतले पराजित गरे । वडा नंं २ जल्पामा नेकपा एमलेकै निर बहादुर सारु विजयी भए । सारुले नेपाली काग्रेसका गोपाल राना लाई ३२३ मतले पराजित गरे । वडा नं. ३ रिङनेरहमा नेकपा एमालेका कृष्ण प्रसाद भट्टराई विजयी भए । भट्टराईले नेपाली काग्रेसका उमान सिं सुनारी लाई ८१७ मतले पराजित गरे । वडा नंं ४ देवीनगरमा नेकपा एमालेका मेयर सिं थापा विजयी भए । थापाले नेपाली काग्रेसका नवराज श्रेष्ठ लाई ३८१ मतले पराजित गरे ।
माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीमा नेकपा एमालेका राजकुमार पंन्थी विजयी भए । पन्थीले नेपाली काग्रेसका महेन्द्र बहादुर जि.सी. लाई २२१ मतले पराजित गरे । वडा नंं २ रुप्सेमा नेकपा एमालेका बोम बहादुर ठाडा मगर विजयी भए । ठाडाले नेपाली काग्रेसका जनक रिजेललाई पराजित गरे । रिव्दीकोट गाउँपालिका वडा नंं १ ख्याहामा नेकपा एमालेका चिरञ्जिवी पोखरेल विजयी भए । पोखरेलले नेपाली काग्रेसका रामचन्द्र पाण्डेलाई ६ मतले पराजित गरे । तिनाउँ गाउँपालिका वडा नंं १ कचलमा नेकपा एमालेका भुवन सिं चिदी विजयी भए । चिदीले नेपाली काग्रेसका हस्त बहादुर रास्कोटीलाई १६२ मतले पराजित गरे । वडा नंं २ दोभानमा नेकपा एमालेका यादव प्रसाद अर्याल विजयी भए । अर्यालले नेकपा माओवादी केन्द्रका दिनेश घर्ति क्षेत्री लाई ९४ मतले पराजित गरे । वडा नंं ४ सत्यवतीमा नेकपा एमालेका तुल बहादुर आले विजयी भए । आलेले नेपाली काग्रेसका देव सिंह दर्लामी लाई २५२ मतले पराजित गरे रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा नेकपा एमालेका रेम बहादुर राना विजयी भए । रानाले नेपाली काग्रेसका थमान बहादुर रानालाई पराजित गरे । यसैगरी नेपाली काग्रेसले ६ वडामा विजय हासिल गरेको छ ।
तानसेन नगरपालिकाको वडा नंं १ मिशन गोर्खेकोटमा सुनिल कुमार बस्याल विजयी भएका छन । बस्यालले नेकपा एमालेका खडानन्द न्यौपाने लाई ३२४ मतले पराजित गरे । वडा नं। २ मेहलधारा, बडीज्ञानटोलमा नेपाली काग्रेसका महेश्वरलाल श्रेष्ठ विजयी भए । श्रेष्ठले नेकपा एमालेका मदनलाल बज्राचार्य लाई ४१२ मतले पराजित गरे । वडा नंं ३ मा नेपाली काग्रेसका बाबुरत्न शाक्य विजयी भए । बाबुरत्नले नेकपा एमालेका महेशलाल शाक्य लाई २११ मतले पराजित गरे । वडा नंं ४ सिल्खानटोलमा नेपाली काग्रेसका हेमन्तराज शाक्य विजयी भए । शाक्यले नेकपा एमालेका उमानाथ घिमिेरेलाई २२२ मतले पराजित गरे । रामपुर नगरपालिका वडा नंं १ गाँडाकोटमा कपिल बहादुर खाँण विजयी भए । कपिलले नेकपा एमालेका मिन बहादुर खाँण लाई १९६ मतले पराजित गरे । बगनासकाली गाउँपालिका वडा नंं ९ चापपानीमा नेपाली काग्रेसका थानेश्वर तिमिल्सिना विजयी भए । तिमिल्सीनाले नेकपा एमालेका रण प्रताप खाण लाई ३९६ मतले पराजित गरे माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरमा नेपाली काग्रेसका दिल बहादुर ढेंगा विजयी भए । ढेगांले नेकपा एमालेका नारायण सिं ठाडा लाई १०४ मतले पराजित गरे । वडा नंं ७ रहवासमा नेपाली काग्रेसका जंग बहादुर दर्लामी विजयी भए । दर्लामीले नेकपा एमालेका नेत्र बहादुर थापा लाई १०५ मतले पराजित गरे ।। नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ ।
रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वरमा नेकपा माओवादी केन्द्रका सोम बहादुर दर्लामी विजयी भए । दर्लामीले नेकपा एमालेका रोशन बुढा लाई ३५ मतले पराजित गरे । यसैगरी रम्भा गाउँपालिका वडा नंं ५ ताहुँमा नेकपा एमाले विजय भएको घोषणा गरिएपनि खसेको मत भन्दा परिणामको मत बढी भएपछी मतगणना स्थगित भएको छ । पाल्पाको अहिले सम्मको परिणाममा जनताले पाटी, उम्मेदवार परिवर्तन गरेका छन । नेकपा एमालेले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका ४ वडामा जित हासिल गरेको छ भने नेपाली काग्रेसले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका २ वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीयतह निर्वाचनमा जितेको १ वडा गुमाएको छ । अन्य १२ वटा वडामा २०७४ सालकै परिणाम कायम रहेको छ ।













