नवराज ज्ञवाली पाल्पा- यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्ग पाल्पाले सेवाग्राहीलाई छिटोछरितो सेवा दिदा राजश्व संकलनमा उल्लेख्य बृद्धि भएको छ । यातायात व्यवस्था सेवा कार्यालयकाे आर्थिक वर्ष २०८२/०८३ को साउन देखि चैत मसान्त सम्मकाे ९ महिना अवधिमा २० करोड १९ लाख २०हजार ८९० रूपैयाँ बढी राजश्व सङ्कलन गरेको हाे । याे रकम गत आर्थिक वर्षमा उठेको रकम १८ करोड ५८ लाख ९५ हजार ८६० रूपैयाँको अनुसार १ करोड ६० लाख २५ हजार ३० रूपैयाँ बढी रकमकाे राजश्व संकलनमा वृद्धि भएको हाे ।

त्यस्तै यस आर्थिक वर्षको अन्तिम असार मसान्तसम्म करिव २५ करोड रूपैयाँकाे राजश्व संकलन हुने यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका वरिष्ठ अधिकृत श्रीराम पाण्डेले बताउँनुभयाे । यातायात व्यवस्था सेवा कार्यालयका लिखित परीक्षा केन्द्राध्यक्ष एवं जिन्सी प्रशासन अधिकृत दिवाकर पन्थीले सवारी चालककाे अनुमतिपत्र दर्ता लिखित परीक्षा व्यवस्थित सञ्चालन र लिखित परीक्षा पास पछि सवारी ट्रायल गराउने व्यवस्था रहेको उक्त दुबै परीक्षा पास गरेपछि नयाँ सवारी चालक अनुमतिपत्र दिने गरेको बताउँनुभयाे। यातायात व्यवस्था सेवा कार्यालय पाल्पा सहायक कम्प्युटर अप्रेटर सम्झना तिमिल्सिनाले कार्यालयमा सवारी कर, सडक दस्तुर,सवारीसाधन नविकरण,सवारी चालक अनुमतिकाे नविकरण, अनुमतिपत्र जारी,अन्य प्रशासनिक दण्ड जरिवाना र जफत राजश्व संकलन हुने गरेको बताउँनुभयाे।

यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्ग,पाल्पा कार्यालय प्रमुख टीकाराम न्याैपानेले कार्यालयकाे आफ्नै जग्गा व्यवस्थापन भएर पनि प्रयाप्त बजेट विनियोजन नहुँदा आफ्नो भवन बनाउनलाई नसकिएको र भाडाको घरमा निश्चित काेठा साँघुरो ठाउँमा बसेर सेवाग्राहीकाे सेवा प्रवाह गर्दा केही कठिनाइकाे अनुभव भएको बताउँदै कार्यालयकाे वरपर बढ्दो जनधनत्व साँघुरो पार्किङकाे कारणले गर्दा पनि कार्यालय रहेको स्थानमा कहिलेकाहीँ भीडले समस्या हुने देखिएता पनि हामीले सकेसम्म सेवालिन आएका सेवाग्राहीहरूलाई छिटोभन्दा छिटो गुणस्तरीय ढंगले सहज सेवा दिने काेशिस गरेको बताउँनुहुन्छ ।

हामीले कार्यालयमा दरबन्दी अवस्था कस्तो छ भन्ने कुराकानी गर्दा उहाँले अहिले याे सेवाकाे हिसाबले कार्यालयमा १३ जनाको दरबन्दी व्यवस्था रहेको छ। दरबन्दी अनुसार पूर्ण जनशक्ति व्यवस्था रहेकोले कार्यालयकाे काममा कुनै समस्या नभएता पनि बाँसटारीमा ट्रायल सेन्टरसंगै रहेको आफ्नो जग्गामा कार्यालय व्यवस्थापन गर्नका लागि पूर्ण भवन सम्पन्न हुने गरि बजेट विनियोजन भए सेवा प्रवाहमा अझ उत्कृष्ट सेवा दिन सकिने थियोे त्यो भएन भवन बनाउनलाई पनि प्रयत्न गरिरहेका छाै कार्यालय प्रमुख न्याैपानेले भन्नुभयो।
उहाँले हामीले यहीवर्ष देखि सवारी वर्ग अनुसार थप वर्ग B,C,C-1,र E का सवारीसाधन चालक अनुमति-पत्रकाे नयाँ दर्ता तथा लिखित र प्रयोगात्मक परीक्षा लगत्तै सेवा सुरु गर्न लागेका छाैँ भन्नुभयो । उहाँले यसवर्ष साउन देखि चैत मसान्तसम्म यातायात व्यवस्था सेवा कार्यालयबाट सवारीकाे अस्थायी बाटो इजाजतपत्र (पटके सेवा) ३ हजार ५ सय, प्राविधिक जाँचपास १ हजार ३५,सवारी साधन नविकरण २८ हजार १ सय ,रूट नविकरण १ हजार २सय ४ गरिएकोमा केही सवारी साधनकाे नविकरण,रूट इजाजत नविकरण,प्राविधिक जाँचपास,सवारी साधन अनुमति-पत्र नविकरण जस्ता सेवाहरू समयावधि भित्र नआएको ती सेवामा जरिवाना राजश्व तिर्नुपर्ने हुन्छ । त्यस किसिमकाे सेवाग्राहीकाे कुल संख्यामा ३५ प्रतिशत रहेको जानकारी सेवा कार्यालय प्रमुख न्याैपानेले गराउँनुभयाे ।

त्यस्तैअहिले कार्यालयमा करिब ८ हजार पुराना सवारी चालक अनुमति-पत्र,स्मार्ट कार्ड सवारी चालक अनुमति-पत्र आएकोमा झण्डै ३ हजार वितरण भएको र ५ हजार वितरणकाे प्रक्रियामा रहेको बताउँदै कार्यालय प्रमुख न्याैपानेले हामीले कार्यालयबाट सबै सेवाग्राहीलाई स्मार्ट कार्डमा उल्लेख भएको सम्पर्कमा फाेन जानकारी एसएमएस पठाइएको र पालिका अनुसार स्मार्ट कार्ड छुट्टाछुट्टै पालिकाहरूमा पुगेर वितरण गरिएको बताउँनुभयाे।
गत वर्षको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । प्रमुख न्याैपाने भन्नुभयाे, “चालक अनुमतिपत्र,सवारी साधनको सङ्ख्यामा वृद्धि र सेवा प्रवाहमा छिटोछरितो हुने भएकाले चालु आव राजस्व सङ्कलनमा वृद्धि भएको हो ।” उहाँ भन्नुहुन्छ चालु आव सकिन अझ तीन महिना बाँकी रहेकाले राजश्व गत वर्षको तुलनामा बढ्ने निश्चित छ ।
जहाँ अघिल्लो पूरै आर्थिक वर्षको अभिलेख दर्ता किताब रेकर्ड अनुसार सेवाग्राही संख्या ५२ हजार रहेकोमा यसवर्षकाे अन्तिम समीक्षा अवधिसम्म याे सेवाग्राही संख्या ६२हजार पुग्ने अनुमान गरिएको कार्यालय प्रमुख न्याैपाने बताउँनुहुन्छ।

यातायात व्यवस्था सेवा कार्यालयले हाल सवारी कर,सवारी नवीकरण दस्तुर,रुटपरमिट,सवारी जाँचपास शीर्षकमा राजश्व सङ्कलन गर्ने गरेको छ । चालक अनुमतिपत्र दर्ता, ५ हजार ४४१ लिखित परीक्षामा पास परीक्षार्थी ४हजार ४९९,वर्ग थपका लागि सवारी चालक अनुमतिपत्र दर्ता ४सय ७०, रि-ट्रायल दर्ता १हजार ९ सय १७, ट्रायल परीक्षामा सहभागी परीक्षार्थी ७ हजार १सय ९२, ट्रायल परीक्षामा पास परीक्षार्थी ३हजार १ सय ६३, सञ्चालन गरिएको लिखित परीक्षा संख्या ७६,सवारी चालक अनुमतिपत्र नवीकरण ३ हजार १सय ६३,प्रतिलिपी १, नयाँ सवारी चालक अनुमतिपत्र जारी संख्या ४हजार २७,वर्ग थप सहित सवारी चालक अनुमतिपत्र जारी संख्या २ सय ४४ रहेको कार्यालयले जनाएको छ ।













