राष्ट्रिय न्युज - पाल्पा तानसेन स्थित बेथल इङ्गलिश बोर्डिङ स्कूलले ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’ २०२६ प्राप्त गरेको छ।
सेन्ट म्यारी स्कूल पोखरामा भएको १९औँ राष्ट्रिय विद्यार्थी गुणस्तर वृत्त सम्मेलन (एन सि एस क्यू सि) मा उत्कृष्ट प्रदर्शन गर्दै स्कूलले अवार्ड प्राप्त गरेको हो ।
क्वेस्ट नेपालको आयोजना गरिएको कार्यक्रममा देशभरका १८३ विद्यालयमध्ये उत्कृष्ट तीन विद्यालयको सूचीमा पर्दै अवार्ड हासिल गरिएको स्कूलका प्राचार्य रूपचन्द्र थापाले बताउनुभयो ।
राष्ट्रिय अवार्ड प्राप्त सङ्गै विद्यालयको गरिमालाई थप उचाईमा पुर्याउनु भनेको “शिक्षक–शिक्षिकाको अथक प्रयास, अभिभावकको विश्वास र सहयोग, विद्यार्थीहरुको लगनशीलता साथै शुभचिन्तकहरूको सद्भावको संयुक्त परिणाम नै सफलता रहेको प्राचार्य थापाले बताउनुभयो ।
थापाले एस क्यू सी एक विद्यार्थी गुणीयचक्र प्रक्रिया रहेको साथै विद्यार्थीहरुको अन्तरर्निहित प्रतिभाको प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने र विद्यार्थीलाई गुड र स्मार्ट क्वालिटीको बनाउन एन सी एसक्यूसी महत्वपूर्ण हुने प्राचार्य थापाले विश्वास लिएको बताउनुभयो । उहाँले “हाम्रो शिक्षा प्रणालीमा प्राप्तांकले विद्यार्थीमा योग्यताक्रम हासिल भए पनि विशेष सीप नहुने हुँदा समस्या भएको र यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउदै “पढेर धेरै नम्बर ल्याउनुपर्छ भन्ने मात्रै सोंच रहेकाले अहिलेका समालोचनात्मक चिन्तन, आत्मबोध, आत्ममूल्याड्ढन जस्ता सीप नै नभएकोले यस्ता सीप विद्यार्थीहरुका लागि आवश्यक रहेको थापाले बताउनुभयो ।
स्कूलले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुमा भएको क्षमताको खोजी गर्ने उद्देश्यले बेला बेलामा स्कूलमै एन सि एस क्यू सि आयोजना गर्ने र अन्यत्र हुने सम्मेलनमा समेत विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ ।












