राष्ट्रिय न्युज पाल्पा रामपुर- पाल्पा जिल्लाको निस्दी गाउँपालिका वार्ड न .४ मित्यालमा करेन्ट लागेर एक युवकको निधन भएको छ । गाउँपालिकामा कार्यरत निस्दी–४ खोप्लाक बस्ने ३५ वर्षीय लाल बहादुर खन्गाहाको आइतबार दिउँसो करेन्ट लागेर निधन भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लाल बहादुर सुनारले राष्ट्रिय न्युजलाइ जानकारी दिनुभयो।
मित्यालमा रहेको वायु उर्जाको टर्वाइन विद्युत मर्मतको क्रममा करेन्ट लागेर घाईते खन्गाहाको उपचारको क्रममा मध्यविन्दु हस्पिटल नवलपरासीमा निधन भएको सुनारले बताउनुभयो ।घटनाबारे थप अनुसन्धान भैरहेको समेत जानकारी दिनुभयो ।













