राष्ट्रिय न्युज - ज्योतिष परिषद् नेपालले देशव्यापी रूपमा संगठन विस्तार गर्ने क्रममा पाल्पा जिल्लामा पनि जिल्ला तदर्थ समिति गठन गरेको छ। लुम्बिनी प्रदेश सदस्य दशरथ पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले कृष्ण बस्याललाई पाल्पा जिल्ला अध्यक्षमा चयन गरेको हो।
नवगठित ११ सदस्यीय जिल्ला तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थराज बस्याल, प्रथम उपाध्यक्षमा हरी पाण्डेय, द्वितीय उपाध्यक्षमा कमलराज पौड्याल चयन भएका छन्। सचिवमा हरिशंकर बस्याल, सह–सचिवमा लक्ष्मण पाण्डे र कोषाध्यक्षमा गोविन्द देवकोटा रहेका छन्। त्यसैगरी सदस्यहरूमा हरीनारायण लम्साल, जयराम सापकोटा, विष्णु घिमिरे र एकादेव कोइराला रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा बैठकका अध्यक्ष दशरथ पाण्डेले वैदिक सनातन परम्परा र हिन्दू धर्मावलम्बी समाजका लागि ज्योतिषीय विधाको विशेष महत्त्व रहेको उल्लेख गर्दै आगामी दिनमा यस विधालाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले ज्योतिषलाई अन्धविश्वासभन्दा माथि उठाएर वैज्ञानिक, रचनात्मक र जनचेतनामूलक रूपमा समाजमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
ज्योतिष परिषद् नेपालको विशेष लक्ष्य, भावी कार्यक्रम र ज्योतिषीय क्षेत्रबाट समाजलाई दिनुपर्ने सही ज्ञान, निर्देशन र निर्णयमा एकढिक्का भई अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।











