राष्ट्रिय न्युज - पाल्पाको माथागढी गाउँपालिका–९, चिदीपानी श्री सप्तपथ युवा क्लबले साबिक वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिता यही २०८२ साल माघ २७ गतेबाट सौमाय स्कुलको खेल मैदानमा संचालन हुने क्लबले जनाएको छ।
प्रतियोगितामा पुरुष तथा महिला दुवै तर्फका टिमहरूको सहभागिता हुने खेलमा पुरुष तर्फ प्रथम हुने समूहले ३० हजार रुपैयाँ, द्वितीय तर्फ २० हजार रुपैयाँ र तृतीयतर्फ १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारका रासि रहेको छ। त्यस्तै महिला तर्फ प्रथम हुने समुहलाइ १० हजार रुपैयाँ, द्वितीयलाई ६ हजार रुपैयाँ र तृतीयलाई ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सदस्य बिनोद राउत बताउनुभयो ।
प्रतियोगितामा सहभागिताका लागि पुरुष तर्फ ३५९ रुपैयाँ र महिला तर्फ १५९ रुपैयाँ दर्ता शुल्क तोकिएको छ। दर्ता माघ २६ गतेसम्म रहेको आयोजकले जनाएको छ।
खेलमा भेट्रान खेलाडी, भेट स्पाइकर र भेट लिब्रोको विशेष सहभागिता समेत रहने क्लबले जनाएको छ। प्रतियोगिता सफल बनाउन आयोजक क्लबले जिल्लाभरका क्लब तथा खेलप्रेमीहरूलाई सहभागिता रहने समेत क्लबले जनाएको छ।













