माधव पाण्डे पाल्पा - पाल्पाकाे पूर्वखाेला गाउँपालिका को वार्डहरु २ र ३ मा पर्ने छाब्दी गाउँमा पहिलाे पटक यात्रुबाहक बस पुगेकाे छ। पहिलाे पटक गाउँमा यात्रुबाहक बस पुगेपछि बसका चालक, सहचालकलाई स्थानीयले भब्य स्वागत गरिएकाे छ । स्थानीय गाउँ वासिले खुशीयालिमा बस चालक राम प्रसाद न्यौपाने र दिनेश रुचाललाई अबिर , फूल पैसाकाे माला लगायतले स्वागत गरिएको हो। बस गाउँमा पुग्ने भएपछि सदरमुकाम तानसेन बुटवल लगायतका स्थानसँग गाउँकाे सिँधै सम्पर्क बनेकाे छ ।
बस पुग्नुअघि रिजव गर्न साना सवारीसाधन जिप,बलेरो,जस्ता सवारीसाधन बोलाउनु पर्ने छाप्दीका बासिन्दालाई रिजर्भ नहुदा पैदल हिँडेर अर्काे स्थानबाट ठुला सवारीसाधन चढ्नुपर्ने बाध्यता थियो। स्थानीय सरकार आए सगै सडक मर्मत र स्तर उन्नति भए सङ्गै ठुला सवारीसाधनमा आवतजावत गर्न सहज भएकाे पुर्वखोला २ जल्पाका जनप्रतिनिधि नीर बहादुर सारुले बताउनुभयो। छाब्दि जस्तै पाल्पाका धेरै गाउँहरु छ्न जहाँ अझैसम्म साना सवारीसाधन चल्दै आइरहेका छ्न। कच्ची सडक, साघुरो बाटो र अत्यधिक यात्रुको चापले गर्दा पाल्पाका ग्रामीण भेगमा दुर्घटनामा धेरैले ज्यान गुमाएका छ्न। पाल्पाका मुल सडकहरु नै ब्यवस्थित नभएको कारण ठुला तथा साना सवारीसाधन दुर्घटनाको प्रमुख कारण रहेका छ्न।












