राष्ट्रिय न्युज पाल्पा,- नेपाली कम्युनिष्ट पार्टी पाल्पाले पार्टी एकता सन्देश घोषणा कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारि दिएको छ। २३ गते हुने कार्यक्रमबारे जानकारी दिंदै नेकपा केन्द्रिय नेता सोम प्रसाद पान्डेयले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र पार्टी एकता कार्यक्रममा जिल्ला भरबाट भव्य सहभागिता रहने राष्ट्रिय न्युजलाई बताउनुभयो। पुर्वमन्त्री समेत रहेका पाण्डेले एकता कार्यक्रमले कार्यकर्तामा थप नयाँ ऊर्जा भर्ने अवसर हुने समेत बताउनु भयो।केन्द्रिय नेता पूर्वमन्त्री प्रकाश ज्वाला प्रमुख अतिथि र ओमसरि घर्ती को विशिष्ट अतिथि को रुपमा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा पाल्पाले जनाएको छ ।
कार्यक्रममा प्रदेशदेखि वडा कमिटी, जनवर्गीय संगठन, निर्वाचित प्रतिनिधि, युवा, किसान, महिला तथा समर्थकहरूको सहभागिता रहने छ।
कार्यक्रममा प्रदेशदेखि वडा कमिटी, जनवर्गीय संगठन, निर्वाचित प्रतिनिधि, युवा, किसान, महिला तथा समर्थकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजक नेपाली कम्युनिष्ट पार्टी पाल्पाले आग्रह गरेको छ । पार्टी एकीकरण पश्चात् प्रदेश तहका कार्यक्रम सम्पन्न गरे सगै पार्टीले जिल्ला स्तरको कार्यक्रमको आयोजना गरिएको हो।।













