राष्ट्रिय न्युज पाल्पा- शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले ११ जना नारीलाई प्रतिष्ठानको २० ओैं वार्षिक दिवस तथा ९७ ओैं कुलमणि देवकोटा जन्मजयन्ती समारोहको अवसरमा पाल्पाको तानसेनमा पुरस्कृृत एवं सम्मानित गरेको छ ।प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. अनिता लामिछाने र अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा विभिन्न क्षेत्रका ११ नारीलाई सम्मानित गरिएको हो ।यही क्रममा १४ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानले चारवर्षे विमला कमल शैक्षिक छात्रवृत्ति , ज्ञानज्योति शैक्षिक छात्रवृत्ति , नैना नेपाल छात्रवृत्ति र माता दीनकुमारी स्मृति छात्रवृत्ति प्रदान गर्नेछ । जसबाट ३ वटा विधालय र ३ वटा क्याम्पसका गरि १४ जना छात्राहरूले नियमित छात्रवृत्ति प्राप्त गर्दै आएका छन्।
प्रतिष्ठानका संरक्षक प्रा.डा. प्रकाशराज रेग्मी , ज्योति रेग्मी अधिकारी , नैना नेपाल रोहित प्रसाद ज्ञवाली छात्रवृत्ति दाताको रूपमा रहेका छन् ।प्रतिष्ठानले विगत ८ बर्ष देखि शैक्षिक छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यस्का साथै प्रतिष्ठानले विधार्थी केन्द्रीत कार्यक्रमहरू समेत संचालन गर्दै आएको छ ।













