रामपुर, पाल्पा-
दाेस्राे क्लव स्तररिय आमन्त्रित भलिवल खेल प्रतियाेगिता २०८२ बारे युनाइटेड युथ क्लव रामपुर पाल्पाले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संयाेजक अनुप मल्लले मंसिर १६ देखि २० गतेसम्म भम्भक खेल मैदान मा संचालन हुने बताउनुभयो । हाेराईजन क्लव रूपन्देही,मणिमुकुन्द क्लव,पाल्पा क्लव,स्याङ्जा क्लव,एपिएफ क्लव पाेखरा,नवलपुर क्लव रआयाेजक भम्भवक युनाइटेड क्लव गरि ७ समूहविच प्रतिष्पर्धा हुनेछ। प्रथम पुरस्कार नगद २ लाख ट्रफि मेडल र प्रमाण पत्र,दोस्रो पुरस्कार नगद ,१लाख ट्रफि मेडल र प्रमाण पत्र र तृतिय पुरस्कार नगद ५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेकाे मल्लले बताउनुभयो । छन।नकआउट सिस्टमबाट हुने खेलमा विदागत पुरस्कारकाे पनि ब्यवस्था गरिएकाेछ। प्रवेश टिकट,भिआईपि पासकाे ब्यबस्था गरिएकाेछ । कार्यक्रम मा आर्थिक संयाेजक राजेन्द्र मल्ले१७ देखि १८ लाख आम्दानी खर्च हुने, प्रदेश सरकार ,रामपुर नगरपालिका अनुदान,नगद तथा जिन्सी प्रायाेजन सहयाेग,प्रवेश टिकट विक्री ,भिआईपी पास विक्री आम्दानीकाे श्राेत हुने जानकारी गराएका थिए। सहभागी पत्रकारले राखेकाे जिज्ञासा मेटाउदैभम्भक यनाईटेड क्लवका अध्यक्ष बालकृष्ण कुमालले खेल प्रेमी दर्शककाे सुविधालाई मध्यनजर गर्दै १२ सय जना क्षमताकाे प्याराफिटकाे ब्यबस्था भैरहेकाे जानकारी दिनु भएकाे छ।
क्लवकाअध्यक्ष बालकृष्ण कुमालकाे अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा सहभागिलाई स्वागत सल्लाहकार गाेविन राना र संचालन शालिकराम खनालले गरेका थिए।














