राष्ट्रिय न्युज -माथागढी–१ चिदीपानीस्थित धैरेनी गाउँमा एक घर–एक धाराको कार्यका खानेपानी आयोजनाका काम निरन्तरता पाएको छ। कुल १४२ घरधुरी लाभान्वित हुने आयोजना अन्तर्गत धारा निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाको काम हाल साखा लाइन खन्ने कार्यमा पुगेको छ।
धैरेनी लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खुम बहादुर गाहाको अध्यक्षतामा , वडा अध्यक्ष राजकुमार पन्थीको प्रमुख आतिथ्यता वडा सदस्य डुकुल बहादुर गाहा लगायतको आतिथ्यत लगायतको रहेको कार्यक्रममा
गत वर्षसम्म टंकी निर्माण, इन्टेक, मोटर हाउस, मुख्य पाइपलाइन तथा विद्युतीकरणका काम सम्पन्न भइसकेका छन्, जसले हालको चरणलाई थप सहज बनाएको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । गाउँपालिकाले जनतालाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले विद्युत् महसुलमा ५०% छुट दिने कार्यक्रम रहेको उल्यख गर्दै सबैको सहयोग, पारदर्शिता र जनश्रमदानलाई आधार मानेर यो योजना चाँडै सफल हुनेमा बिस्वास रहेको अध्यक्ष पन्थीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा विनियोजित बजेटको कार्यान्वयन र स्थानीय जनश्रमदानको सक्रिय सहभागिताका कारण कार्य प्रभावकारी रूपमा अघि बढ्ने वडा सदस्य डुकुल बहादुर गाहाले बताउनुभयो।













