पुर्वखाेला गाउँपालिका गाउँसभाकाे १८ औ विशेष अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा अधिवेशन कार्यक्रमका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सभाकाे एक तिहाइ सदस्यहरुबाट विशेष अधिवेशन गर्नु पर्ने माग बमोजिम विशेष अधिवेशन बारे जानकारि दिदै बैठककाे कार्यसुचि प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाका उपाध्यक्ष भागिरथि शर्मा भट्टराईले पेस गरेको प्रस्तावमा खल्लुक भन्ज्याङ विर्ता बजार माेटरबाटाे याेजनालाइ १२ लाख ३४ हजार ४ सय ७३ रुपियाँ , गत वर्षको भुक्तानी बाकी ८ लाख ३ हजार ३ सय ४९ रुपैयाँ , नगर प्रहरी संचालन तथा व्यवस्थापन काेष ६ लाख , डाेजर संचालन तथा व्यवस्थापन काेष ७ लाख , प्रशासकीय भवन जाने बाटाे ६ लाख सवारी साधन खरिद ७ लाख जल्पा वडा भवन २ लाख प्रशासकीय भवन व्यवस्थापन ५ लाख गरि जम्मा ५३ लाख ३७ हजार ८ सय २२ रुपैया मध्य निर्माण कार्य सम्पन्न भएको २ वटा आयाेजनाकाे भुक्तानी दिने र बाकिकाे आयाेजनालाइ बजेट विनियोजन गर्ने । नगर प्रहरी व्यवस्थापन कार्यविधि २०८२ बाल संरक्षण निति २०८२ कृषि तथा पशुपंछि फम दर्ता कार्यविधि २०८२ बाल मैत्री स्थानीय शाशन कार्यन्वयन निर्दिशिका २०८२ हेभि मेशिनरि अाैजार संचालन तथा व्यवस्थापन कार्यविधि २०८२ भदौ २३ र २४ गते जेनजिकाे प्रदर्शनमा मृत्युु हुनेहरु प्रति शाेक प्रस्ताव प्रस्तुत गर्नु भएकोमा सर्वसम्मत पारित भएको छ।
गाउँपालिकाका प्रवक्ता तथा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाकाे स्वागत मन्तव्यबाट सुरु भएको सभामा गाउँसभाका सदस्य बासुदेव न्याैपाने , भुवन सिंजालि , सावित्रा थापा , समुन्द्रा भारती , रविन कुमार श्रेष्ठले लगायत ले जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको थियो । सभाका सदस्यहरुको जिज्ञासा् र सुझावलाई सभाका अध्यक्ष नुन बहादुर थापा सचिव राजु नेपालले सम्बाेधन गर्नु भएको थियो ।













