काठमाडौं । आगामी फागुन २१ हुन लागेको निर्वाचनका लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुन: प्रयोग गर्न मिल्ने साथैअ नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । आनिर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘मतपेटिका शतप्रतिशत नै रहेको अन्य आवश्यक सामग्रीय खरिदसहितको निर्वाचन बजेट तयार भएको छ र सोहिनुसार तयार भएको बजेट आयोगले अर्थ मन्त्रालयमा पेश गरिएको बताउनुभयो ।
निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पेश गरेको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सो बजेट अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ । निर्वाचन आयोगले बजेट निर्माण गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै आवश्यकक सामग्री किन्न सुरू गर्ने आयोगको तयारी छ ।













