काठमाडौं- काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट चार जाना युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको डेरा कोठामा लागुऔषधसहित चार युवा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वर्ष ३२का निरज लामा, वर्ष २८का सुजल विश्वकर्मा, वर्ष ३१का बिदुर याङ्बो र वर्ष १९का रोमन राई रहेका छन् । प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।













