रामपुर पाल्पा- इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारले शान्ति सुरक्षा प्रदानका लागि प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख बाट सरुवा भएर आउनुभएका सुनारले कार्यालयमा आइतबार सञ्चाकर्मीहरु संग परिचयात्मक भेटघाट गर्नुहुँदै सबैको साथ र सहयोग लिएर सर्वसाधारण नागरिकलाई आफू सुरक्षित छु भन्ने महसुश हुनेगरी काम गर्ने बताउनु भएको हो । प्रहरी र नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउँदै प्रहरी सेवालाई प्रभावकारी बनाउने गरी अघि बढ्ने बताउनुभयो ।
लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, अवैध सामग्री तस्करी नियन्त्रण, हिंसा न्यूनिकरण तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । शान्ति सुरक्षा सबैको चासो र संवेदनशील विषय भएकाले सञ्चारकर्मी मार्फत प्रहरी–नागरिक सहकार्यको लागि आग्रह गर्नुभयो।
रामपुरमा क्रियाशिल सञ्चारकर्मीहरुले चार जिल्लाको संगम रामपुरमा बस्ती बढ्दो क्रममा रहेकाले शान्ति सुरक्षाका लागि गस्ती बढाउनु पर्ने, गैरकानुनी गतिविधि न्यूनिकरणका लागि निगरानी बढाउनु पर्ने, लागुपदार्थ दुर्व्यशन न्युनिकरणमा ध्यान दिनुपर्ने, घरेलु हिंसा अन्त्य गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, बजार क्षेत्रमा सवारी पार्किङ्ग व्यवस्थापन, मोडीफाई गरेर ठूलो आवाज निकाल्ने मोटर साईकल सञ्चालनमा रोक लगाउन र सवारी चेकिङ्गलाई बढाउन सुझाव दिएका थिएक छन ।










