राष्ट्रिय न्युज–बुधबार बिहान तीन जनाको ज्यान जाने गरी भएको दुर्घटना ढिला गरी उद्धार भएको छ । बिहान ११ देखि ११ः३० बजेको बीचमा दुर्घटना भएको प्रहरीले अनुमान लगाएको छ । दुर्घटना स्थल एकान्त जङ्गल भएको र दुर्घटनामा परेको सवारी १ किमी तल खसेकाले ढिला गरी उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटना भयो कि भनेर १ः३० बजेतिर मात्र खोजविन भएको इलाका प्रहरी कार्यालय मुझुङ्ले जनाएको छ । रैनादेवीछहरा–४ पीपलभान्ज्याङ् नजिकै दुर्घटना भएको हो । लु प्र १००१ ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा इभी भ्यानका चालक रैनादेवी छहरा–४ का कमल रायमाझी, रैनादेवी छहरा वडा नं. १ सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका रामबहादुर गाहा रहनुभएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।













