राष्ट्रिय न्युज–पुर्वखोला गाउँपालिका वडा नम्बर २ जल्पा साठीकोलमा पहिलो पटक जीप संचालनमा आएकोछ। श्रीनगर यातायात प्रालीले सार्वजनिक यातायात सेवाको रूपमा नियमित जीप संचालन गर्ने भएको छ।
भौगोलिक हिसाबले बिकट रहेको पुर्बी पाल्पाको साठिकोलको गाउँमा पहिलोपटक जीप पुगेसंगै अब नियमित जीप संचालन हुने भएको छ। । साठीकोलमा पहिलो पटक जीप पुर्याउने चालकलाई स्थानीयबासीले फुलमाला र अबिर सहित खुशीले स्वागत गरेका थिए। स्थानीयलाई गाउँ देखि सदरमुकाम सम्म आउन जान सहज हुने भएको छ। अब निरन्तर सार्वजनिक सवारीसाधन चल्ने भए संगै १ घन्टा पैदल हिडेर जल्पा जानू पर्ने बाध्यता अन्त भएको स्थानीय झनक सि ठाडाले बताउनु भएको छ ।
गाउँ र शहर जोड्ने हाम्रो यात्रा निरन्तर रहने पनि सवारी चालक माधब पाण्डेले बताउदै सहयोगीहरु सबैप्रती आभार सहित धन्यवाद दिनु भयो । अब नियमित रुपमा तानसेनबाट साठिकोल छुट्ने समय बिहान १०ः३० बजे, साठिकोलबाट तानसेन बिहान ६ः०० बजे जीप छुटने पनि जानकारी दिएका छ्न।













