राष्ट्रिय न्युज–गुल्मी । कफि खेति गरि कफि उत्पादनमा वृद्धि ,आर्थिक आम्दानीमा वृद्धिका लागि कफि खेतीतर्फ किसानलाई प्रोत्साहन गर्दै रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत गुल्मी जिल्लामा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु आएको समेत बताउनुभयो ।
कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख जनार्दन गौतमले २०० रोपनीमा कफिको प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण भइरहेको बताउनुभयो ।
कार्यक्रममार्फत कफीका तीनवटा जात सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्तावना तयार गरी पेस गरिएको साथै कफीका अरु जातीय तथा रोगकिरा व्यवस्थापन परीक्षण भइरहेको बताउनुभयो । उहाँका अनुसार दक्ष जनशक्तिको अभावका कारण कफीको बोट, त्यसको हाँगा, बीउ छनोट गरी बीउअनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्मको अनुसन्धान गर्न कार्यालयमा समस्या भएको जिकिर गर्नुभयो।
अनुसन्धान कार्यक्रममा वार्षिक १० हजारभन्दा बढी कफीका बीउ बेर्ना उत्पादन गर्नुका साथै १०० किलोसम्म कफीको बीउ उत्पादन गरी वितरण भइरहेको प्रमुख गौतमले बताउनुभयो । उहाँले कार्यक्रमबाट कफी बालीमा मलखाद व्यवस्थापन ,परीक्षण, छहारी व्यवस्थापन, कफीको बिरुवा रोपण बिधि , सेतो गबाँरो तथा रोगकिरा व्यवस्थापनसम्बन्धी परीक्षण र कफीको गुणस्तरबारे अनुसन्धान गर्दै आएको समेत बताउनुभयो ।













