राष्ट्रिय न्युन- पाल्पामा २२ वर्षकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर–५, रानाटोलका दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय अशिल श्रेष्ठ र सोही नगपालिका–४ दद्रान बस्ने २० वर्षीय प्रबेस मल्ल रहेको प्रहरीले जनाएको छ ।
उनीहरू दुबैलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













