राष्ट्रिय न्युज - पाल्पामा २०५८ सालदेखि कृषि पेशा अगाल्दै आउनुभएका तिनाउ ६ चिदिसका कृषक रामबहादुर नेपालिको कृषि पेशा नै मुख्य पेशा हो।राम बहादुरले कृषि पेशाले आफ्नो जिबनयापन निर्बाह भएको बताउनुहुन्छ। कृषि गरेर छोराछोरीको लालनपालन देखि घरखर्च चलाउदै करिब २४ बर्ष गाउँमै बिताएको बताउनुहुन्छ। आफै मेहेनत गरि कृषिबाट उत्पादन गरिएका सिमि,गोलभेडा,साग,काउलि,फर्सी जस्ता उत्पादित बस्तुहरु नजिकै पर्ने डुम्रे र बुटवलमा ब्यापार गर्दै आएको बताउनुहुन्छ। नेपालिले उत्पादन गरिएका तरकारिजन्य बस्तुहरुको बजारीकरणमा समस्या नभएको बताउनुहुन्छ। २०५८ सालदेखि करिब१ घण्टा को बाटो पैदल तरकारी बोकेर डुम्रे बजारमा बिक्री गरेको बिगत अहिले आखामा झल्झल्ति रहेको नेपालि बताउनुहुन्छ।
गाउँमा जिपसम्म आइपुग्ने भएपनि घरदेखि आधा घण्टा हिडेर पुग्नुपर्छ ।भारि बोकेर जानुपर्ने वाध्यता रहेको नेपालिले बताउनुहुन्छ। खानेपानीको समस्या छ बाटोको समस्या तेस्तै छ नेपालिले गुनासो गरे ।गाउँ पालिकाको अनुदान भन्ने समेत थाहा नभएको नेपालि बताउनुहुन्छ ।
नेपालिले सिचाइमा समस्या छ बर्खायाममा बाटोको समस्या हुने भएकाले गाउँ पालिका नेपाल सरकारले ध्यान दिए कृषि उत्पादन बढ्ने साथै कृषकको मनोबल र उत्साह थप हुने बताउनुहुन्छ।













