राष्ट्रिय न्युज- नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार बेलुकी देखि निरन्तर खसेको पहिरोले सडक ढाकेको छ । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार/पांच घण्टामा सडक सफा हुने र सवारी सञ्चालनमा आउने अनुमान गरिएको छ ।













