राष्ट्रिय न्युज-जेनजीले भोलि काठमाडौंमा गर्ने भनेको आन्दोलनप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले समर्थन जनाएका छन् । उमेर हदका कारण आन्दोलनमा आफू प्रत्यक्ष सहभागी हुन भने नसक्ने उनको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै बालेनले भोलिको र्याली स्वतस्फूर्त भएकाले कुनै पार्टीका नेता, कार्यकर्ता, सांसद अभियन्तालाई बाटो बनेर आफ्नो स्वार्थ पूरा नगर्न चेतावनीसमेत दिएका छन् ।
बालेनले लेखेका छन्, ‘भोलिको र्याली स्पष्ट स्वस्फूर्तरूपमा जेन जेडको हो र उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्कोलागि म पनि बुढो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।













