राष्ट्रिय न्युज-हरितालिका तीजको पावन अवसरमा माथागढी गाँउपालिकाको वडा नम्बर २ रुप्सेमा तीज गीत प्रतियोगिता सम्पन भएको छ। सोमबार वडा नम्बर २ को वडा कार्यालयमा सम्पन तीज बिशेष साँस्कृतिक कार्यक्रमको माथागढी गाँउपालिका अध्यक्ष यम चिदीले उद्घाटन गर्नु भएको थियो। आफ्नो उद्घाटन मन्तब्य राख्दै अध्यक्ष चिदीले गाँउपालिका महिला दिदीबहिनीहरुलाई लक्षित गरी बजेट छुट्याएको र ८ वटै वडालाई "बालबिवाहमा पर्ने असर र रोकथामका उपायहरु" बिषयमा प्रतियोगिता आयोजना गर्न पालिकाले जानकारी गराए बमोजिम तीज बिशेष प्रतियोगिता चलिरहेको बताउनु भयो। गीतबाट गाँउ गाँउमा बिबिध कारणले हुने बाल बिवाह रोक्न संदेश प्रबाह गर्न सहज हुने महसुस गरी यस्तो निर्णय गरेको बताउनु भयो।
जम्मा ७ समुहले भाग लिएको प्रतियोगितामा प्रथम जागृति महिला समुह सोले, दुर्तीय दोहोरा महिला समुह, तृतीय बोक्सादी महिला समूह 'ए' र सान्त्वना मान्के महिला समुहले जित्न सफल भएका थिए। पुर्वशिक्षक सरस्वती खनाल, स्वास्थ्यकर्मी सुनिता सारु र शिक्षक मानवी सोमैले निर्णायक भूमिका निभाउनु भएको थियो। बिजेता र सहभागी टोलीलाई नगद पुरस्कार सहित प्रमाणपत्रले वडा अध्यक्ष बोम बहादुर ठाडाले पुरस्कृत गर्नु भएको थियो।
बालबिवाहमा पर्ने असर र रोकथामका उपायहरु बारेमा चर्चा गर्दै कर्णधार माविका राजन अधिकारी, साविक रुप्से गाबिसका अध्यक्ष बल बहादुर थापा, वडा सदस्य बेलिसरा राना, वडा सदस्य यानसिंह थापा, वडा अध्यक्ष बोम बहादुर ठाडा लगायतले आफ्नो भनाई राख्नु भएको थियो। माथागढी गाँउपालिका कार्यपालिका सदस्य मंगली कुमालको अध्यक्षतामा, वडा सचिव सरस्वती पन्थको संचालन गरिएको तीज गीत प्रतियोगितामा उपस्थित सबैको मन्तव्यबाट वडा कृषि प्राबिधिक गङ्गा सारुले स्वागत गर्नु भएको थियो।
प्रथम जागृति महिला समुह
दुर्तिय दोहोरा महिला समूह
तृतीय बोक्सादी महिला समुह














